हल्दिबारी, ३१ भदौ । विएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाद प्रसाईंले अस्पतालको तर्फबाट विमा सञ्चालन गर्ने बताएका छन् ।

नेपाल सरकार विमा बोडले विमाको पैसा नदिएपछि जनताको सेवाको लागि आफैले विमा कार्यक्रम सञ्चालन गर्ने लागेको बताएका हुन ।

सरकारले स्वास्थ्य शिक्षा जस्तो कुरामा खेलबाड गरेको भन्दै उनले मंसिर १ गतेदेखि विएण्डसी मेडिकल अस्पतालले बिमा जस्तै विएण्डसी जिवन साथी कार्यक्रम मार्फत पारिवारिक स्वास्थ बिमा गर्न लागेको हल्दिवारी डटकम संग भएको कुराकानीमा बताएका छ्न ।

उनका अनुसार ५० हजार र १ लाखको प्याकेज मार्फत जस्तो सुकै बिरामीको औसधि उपचार विएण्डसी र पुवान्चल क्यान्सर अस्पताल मार्फत गर्न लागेको बताएका हुन ।

सरकार संग गरिएको सम्झौता सकिएको भन्दै सरकारी बिमा अब विएण्डसीबाट हुन्छ भन्दै सिधा सोझा जनतालाई झुक्याएर बिमा गरिरहेको भन्दै सजग रहन आम सर्वसाधारण जनतालाई समेत प्रसाईले अनुरोध गरेका छ्न । विएण्डसीको नाम झुक्याएर बिमा नगर्न समेत प्रसाईले बिमकहरुलाई अनुरोध समेत गरेका छ्न ।

उनका अनुसार बिमा गरेको १ हप्ता पछि देखि सम्पुर्ण सेवा सहितको सुबिधा विएण्डसी र पुर्वान्चल क्यान्सर अस्पतालबाट आम नागरिकले पाउने छ्न ।

“विएण्डसी जिवन बचाउने अभियान भनेर हामिले एउटा कार्ययोजना ल्याउँछौं । हरेक परिवारलाई जसरी सरकारलाई बुझाइएको थियो । त्यसरी नै हामिले यति पैसा भनेर ५ हजार, दश हजारको प्याकेज ल्याउँदैछौं । त्यो अनुसार हामि अघि बढ्दैछौं । हामिले बिमाको सुविधा दिने भनेर आम मेची अञ्चलका जनता र नेपाली जनतालाई हामिले अपिल गर्दैछौं । पर्खिनुस्, दशै पछाडी हामि शुरु गर्छौं । मंसिर १ गतेदेखि हामिले बिमा शुरु गर्छौं सबै वि एण्डसीमै सिधैै विमा गरिदिएपछि कहिं जानु परेन, लाइन लाग्नु परेन, त्यो हिसाबले हामिले मोडल तयार गर्नैछौं । मंसिर १ गतेदेखि विएण्डसी हस्पिटलले विमा संचालन गर्ने छ।”

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार