आदर्णिय आमाबुबा, दाजुभाइ एवम दिदीबहिनीहरू राजनीतिमा ईमान्दारीता चाहिन्छ, त्यो ईमान्दारिता रहेन र म मात्र लाउ, मै मात्र खाउ भन्ने भयो भने धेरै कार्यकर्ताहरू अन्यायमा पर्छन। जब कार्यकर्ताहरू अन्यायमा पर्छन, तब कार्यकर्ताहरूमा जोस जाँगर हराउदै जान्छ, त्यसपछि प्रतिगमनलाई साथ दिनेहरू सलबलाउन थालेको पाईन्छ, यसले ब्यबस्था माथि नै प्रश्न चिन्ह उठ्न थाल्छ, आज भएको अवस्था नै यही हो। यही बिषयलाई चिर्न जरुरी ठान्दछु। नेपाली काङ्ग्रेसको बाह्रौं महाधिवेशनमा झापा जिल्ला सभापतिमा उठेका बिश्वप्रकाश शर्मा ४६ % मतका साथ उपबिजेता भएपछि केन्द्रीय सदस्यमा उमेदवार बन्ने बाटो खुल्ला थियो,

उनीले ईमान्दारिता देखाएर धैर्य गरेका थिए। तेह्रौं महाधिवेशनमा केन्द्रीय सदस्यमा बिजेता बनेपछि केन्द्रीय प्रवक्ता र प्रचारप्रसार बिभाग प्रमुख बनेका थिए, आफूले पाएको जिम्मेवारीलाई कुशलतापुर्वक सम्पन्न गर्न सफल बनेपछि, चौधौं महाधिवेशनमा १,२,३,४,गरि चौबिस बुँदे अवधारणापत्र बिशाल कार्यकर्ताको माझमा झापाको अग्रसेन भवनमा प्रस्तुत गर्दै भनेका थिए, १ ) एक पटक राष्ट्रपति २ ) दुई पटक प्रधानमन्त्री ३ ) तीन पटक मन्त्री ४ ) चार पटक सासंद हिजो राजनैतिक परिवर्तन गर्यौ, अब राजनीतिमा परिवर्तन गर्न जरुरी छ भन्दै महामन्त्रीमा उमेदवार बनेका थिए। अलग / अलग दुई समूह बनाएर निर्वाचनमा भाग लिदै गर्दा दुबै समूहमा पर्न नसकेका बिश्वप्रकाश शर्मा १९८४ मत ल्याई बिजयी बन्न सफल भएका थिए।

अब लागौ मङ्सिर-४ को निर्वाचन तर्फ , नेपाली काङ्ग्रेसका महामन्त्री झापा क्षेत्र नम्वर-१ मा दुई पटक उपबिजेता भइसकेका पात्र हुन, महामन्त्री भएको कारण सुरक्षित निर्वाचन क्षेत्रको खोजी केन्द्रीय समितिमा भई राखे पनि आफू जन्मेको, हुर्केको, पढेको, जेल गएको, बिध्यार्थि राजनीति शुरूवात गरेको क्षेत्रलाई माया मार्न सकिएन, पिता मातालाई पनि निन्दा नदीको किनारमा अन्त्येष्ठी गरेको हुदा मैले यो क्षेत्रबाट धेरै कुराहरू गुमाउने रहेछु, चिया बगानमा पत्ति टिप्दै गरेका दाजु, दिदीहरूको माया गुमाउने रहेछु, रिक्सा ठेला, ई रिक्सा, अटो र बसका चालकहरू साथै अन्य मजदुर साथीहरूको मायापनि गुमाउने रहेछु, मेरा छिमेकी, आफन्त, ईष्टमित्र र मेरा साथीहरूको पनी माया गुमाउने रहेछु , मैले संधै आशीर्वाद लिने बृद्धबृद्धाहरूको आशीर्वाद पनि गुमाउने रहेछु। त्यसैले म यही क्षेत्रबाट नै उमेदवार बन्नु पर्छ भनि राजनीतिमा इमानदारिता प्रस्तुत गरेका हुन, यही ईमान्दारिता बिपक्षी पार्टीका उमेद्वारहरूले देखाएका छन त ?

निर्वाचनमा उमेद्वार बन्ने नेताहरूको बारेमा केही प्रष्ट्याउन जमर्को गरेकोछु। प्रत्येक नागरिकले आफ्नो घर आँगन झाडु लिएर आफै सफा बनाउनु पर्छ, आफ्नो घर सफा गरिदिन छिमेकी आउदैनन त्यसो भएको हुदा प्रत्येक पार्टीका नेता कार्यकर्ताहरूले आफ्नो घर सफा बनाउने प्रयास गरियो भने मात्र राजनीतिमा परिवर्तन ल्याउन सकिन्छ। आज क्षेत्र नम्बर १ लाईहेर्ने हो भने जुन उमेदवारलाई नेपाली काङ्ग्रेसमा सङ्घीय निर्वाचन र प्रदेशसभा निर्वाचनमा ज-जसलाई सिफारिस गरिएको थियो, तिनै मध्येबाट उमेदवार बनाईएको छ। बिपक्षी पार्टी नेकपा एमालेको अवस्थालाई हेर्ने हो भने सङ्घीय संसदका लागि एकमात्र नाम सर्बसम्मत रूपमा सिफारिस भएको थियो, प्रदेश सभा तर्फ अठार जना उम्मेदवारहरूको नाम सिफारिस भएको सुन्नमा आएको थियो। तर सर्वसम्मत रूपमा सिफारिस भएको नाम हटाई क्षेत्र नम्बर ५ बाट आफ्नोगाउ आफै बनाउ भन्ने नारालाई पछ्याउदै क्षेत्र नम्वर १ को गाउँ, “क्षेत्र नम्बर-५ का प्रतिनिधिले बनाउ” भनि २०४८ यताका निर्वाचनमा २०७० को एउटा निर्वाचन बाहेक आयात गरेको नै पाईन्छ, क्षेत्र नम्बर ५ बाट निर्यात गरिएका अग्नि खरेलले पनि आफू पढेको, बढेको ठाउँबाट नै उठ्नु पर्नेमा क्षेत्र नम्बर-१ मा निर्वाचन लड्नु भनेको राजनीतिमा ईमान्दारिता नभएको नै हो।

सङ्घीय संसदमा सर्वसम्मत रूपमा सिफारिस गरिएका व्यक्ति भने प्रदेशसभामा पद र प्रतिष्ठाको लागि तल झर्न तयार रही , प्रदेशसभामा सिफारिस भएका अठारजनाको भविष्य अन्धकार बनाउदै उनै सङ्घीय संसदमा सिफारिस भएका व्यक्ति नै प्रदेश सभामा उमेदवार बनेपछि, राजनीतिमा रूपान्तरण र ईमान्दारिता देखिएको पाईएन। त्यसैले झाडु लिएर आफ्नो घर आफै सफा गर्नुपर्नेमा नगरेपछि अर्को दल आएर सफा गरिदिदैन। यतिखेर मतदाताले हेर्ने बिषय नै यही बनेको पाईन्छ। आफूलाई युवा भन्नेहरू नै रूपान्तरित हुन सकेनन भने तिनै ईमान्दारिता नभएका युवाहरूबाट घर, समाज र पार्टी कसरी रूपान्तरण हुन्छ ? प्रश्न चिन्ह तेर्सिएकोछ। राजनीतिमा ईमान्दार भइएन भने मुलुकको भविष्य बन्दैन भन्ने आम मतदाताहरूको चासो रहेको पाउछौ।

म क्षेत्र नम्वर-१ को मतदाता भएकोले मैले यसै क्षेत्रको उदाहरण दिनुपर्छ, हामीले आफ्नो गाउँ आफै बनाउने हो र “अब राजनीतिमा परिवर्तन” गरि मुलुक बनिउने अठोट राख्ने हो भने, कुनै दलको चिल्ला कुरामा अल्मलिनु हुदैन, यदि यो पटक पनि अलमलियौ भने आकाश तर्फ हेरेर थुक्दा आफ्नै अनुहारभित्र छिटा पर्न सक्छ, त्यहैले नेपाली काङ्ग्रेस सहितको गठबन्धनबाट उमेदवार बन्नुहुने सङ्घीय संसदका लागि बिश्वप्रकाश शर्मा र प्रदेश सभा “क” बाट गोपाल तामाङ लाई रूख चिन्हमा मतदान गरौं साथै प्रदेश “ख” बाट श्यामबिर लिम्बुलाई गोलाकार भित्रको हँसिया हथौडा चिन्हमा मतदान गरि बिजयी बनाउन आम मतदाताहरू समक्ष हार्दिक आग्रह र अपिल गर्दछु, त्यसैगरि आ-आफ्नो दलले आ-आफ्नो निर्वाचन चिन्हमा पनि मतदान गरि समानुपातिक तर्फबाट पनि बढी भन्दा बढी बिजय गराउन अनुरोध गर्दै अघि बढी रहेको कलमलाई बिश्राम दिन्छु, धन्यबाद l

नारायणबहादुर बस्नेत मेचिनगर-८ झापा।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार