झापा, २३ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले भेटेका छन् । सत्ता गठबन्धन नयाँ सरकारका लागि बहुमत जुटाउने कसरतमा रहेका बेला बिहीबार बिहान खुमलटारमा सिटौला र प्रचण्डबीच वार्ता भएको हो ।

प्रधानमन्त्रीका रुपमा निरन्तरता चाहेका कांग्रेस सभापति शेरबहादुर देउवाले तीन दिनयता तीन जनाभन्दा धेरै दूतहरुलाई खुमलटार पठाइसकेका छन् । दुई दिनअघि देउवाको दूतका रुपमा गृहमन्त्री बालकृष्ण खाँण र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पुगेका थिए । मंसिर ४ को निर्वाचनपछि पहिलो पटक आफूलाई भेट्न आएका सिटौलासँग प्रचण्डले अबको प्रधानमन्त्रीका रुपमा आफ्नो इच्छा प्रकट गरेको स्रोतले जनाएको छ ।

नेपाली कांग्रेसमा भावी प्रधानमन्त्रीका लागि विवाद रहेका बेला प्रचण्ड पनि पाँच वर्षे कार्यकालमध्ये पहिलो अढाई वर्ष प्रधामन्त्री हुने योजनामा छन् । यस्तोमा सिटौलासँग भएको संवादलाई अर्थपूर्ण मानिएको छ। तर प्रचण्डले प्रधानमन्त्रीका रुपमा आफ्नो इच्छा व्यक्त गरेको कुराको औपचारिक पुष्टि गरेको छैन ।

यता सचिवालयले भने मंसिर ४ को निर्वाचनमा विजयी भएकोमा चुनाव जितेकोमा प्रचण्डलाई बधाई दिन नेता सिटौला खुमलटार गएको जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार