साइबेरियाको केमेरोभो सहरमा रहेको वृद्धवृद्धाका लागि बनाइएको घरमा आगलागी हुँदा २० जनाको मृत्यु भएकोे आपतकालीन सेवालाई उद्धृत गर्दै तास समाचार एजेन्सीले जनाएको छ । एजेन्सीले अग्नि सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै भवनको दोस्रो तलाको सम्पूर्ण भाग जलेको जनाएको छ ।

गलागीको केही समयपछि मात्र आगो नियन्त्रणमा आएको थियो ।‘आगो लागेको ठाउँमा, उद्धारकर्ताहरूले कम हावाको तापक्रममा भग्नावशेषमा काम जारी राखेका छन्। पछिल्लो तथ्यांक अनुसार २० जनाको मृत्यु भएको छ’, रिपोर्टमा भनिएको छ । आगलागीबारे अनुसन्धान भइरहेको छ । उक्त वृद्धाश्रम दर्ता नगरिकन बनाइएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार