थाइल्याण्डको बैंककबाट भारतको कोलकाता उडान भरेको विमानमा भारतीय यात्रुबीच विमानभित्रै कुटाकुट भएका दृश्यहरु समेत अहिले सामाजिक संजालमा भाइरल बनिरहेका छन । एउटै सिटमा बसेर यात्रा गरिरहेका स्माइल एयरवेजका यात्रुमध्ये एकले अर्कोलाई शान्त रहन र सिटबाट हात तल झार्न भनेपछि ति अर्का यात्रुले हात छोडेसँगै उनीहरुबिच विबाद हुँदै कुटाकुट भएको हो ।

उनीहरु कुटाकुटमा उत्रिएपछि विमानका एयर होस्टेजले ति यात्रुहरुलाई सिटमा बस्न र झगडा नगर्न आग्रह गरेपनि नमानेपछि विमानका अन्य यात्रुहरुले आपत्ति जनाएपछि भने उनीहरु केही शान्त देखिएका थिए । तर विमान कोलकतामा अवतरण गरे लगत्तै झगडा गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको अन्तराष्ट्रिसमाचार एजेन्सीहरुले जनाएका छन् ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार