हल्दिवारी , जागृति क्याम्पस हल्दिवारी १ को हिजो सम्पन्न अधिबेशनबाट कपिल मणि चापागाईंको नेतृत्वमा ८ जना निर्वाचित भएको क्याम्पस प्रमुख मणिराज दङ्गालले जानकारी दिनु भएको छ ।

क्याम्पस व्यवस्थापन समितिको ३ बर्षिय कार्यकालको लागी भएको १५ सदस्य मध्ये ८ जनाको निर्वाचनबाट अध्यक्षमा कपिलमणि चापागाईं, उपाध्यक्षमा नरेन्द्र राई , महिला तिन जना सदस्यमा चन्द्र कला राई , गिता राई ,इन्दिरा शिवाकोटी निर्वाचित भएका छ्न भने खुल्ला सदस्यमा कासिनाथ सापकोटा , चैतन्य प्रसाद शिवाकोटी  र बिस्णु कुमार  योङ्हाङ निर्वाचित भएका छ्न ।
क्याम्पसको हिजो सप्पन्न निर्वाचनमा राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्गदेन समुहबाट उठेका मध्येय  उपाध्यक्षमा मात्र बिजुली हासिल गरेका थिए । लिङ्गदेन समुहले सहयोग गरेका त्रिलोचन मैनाली समुहले भने पराजय भोग्नु परेको छ । क्याम्पसको निर्वाचनमा लिङ्गदेन भोट हाल्न समेत पुगेका थिए ।
निर्वाचनमा परिणाम  अनुसारको ताजा अपडेट
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार