जलथल । चौकिबिरान सामुदायिक वन उपभोक्ता समूहको हल्दीबारी ३ र ४ झापाको छैटौं साधारणसभा सम्पन्न भएको छ। समुहका उपाध्यक्ष सादनबहादुर राईको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि हल्दीबारी गाउँपालिका अध्यक्ष रबिन्द्र लिङ्देन, अतिथिमा सब–डिभिजन वन कार्यक्रम रंगे डाडाँका रेन्जर भवानी घिमिरे, जलथल प्रहरी चौकी ईन्चार्ज दिपेन्द्र गौतम, प्रेस क्लब हल्दीबारी कोषाध्यक्ष हेमन्त मैनाली, सावउस हल्दिबारी स्थानीय महासंघ अध्यक्ष हेमराज काफ्ले, सावउस भद्रपुर स्थानीय महासंघ अध्यक्ष चन्द्रबहादुर तामाङ, सावउस कचनकवल स्थानीय महासंघ अध्यक्ष भीमप्रसाद लुईटेल तथा जलथल खानेपानीका अध्यक्ष नवराज खरेलको उपस्थिति रहेको थियो ।

समुहले आ ब २०७८/०७९ मा कुल आम्दानी २७ लाख ३० हजार ७१२ तथा कुल खर्च २४ लाख ८४ हजार ८८८ रुपैयाँ गरी यसवर्ष २ लाख ४५ हजार ८२४ रुपैयाँ नाफा गरेको विवरण पेश गरिएको थियो। आ व २०७९/८० को प्रस्तावित बजेट ५५ लाख २९ हजार ६१० रुपैयाँ समुहका कोषाध्यक्ष वन्डा मेचेले प्रस्तुत गरेका थिए । कार्यक्रमलाई प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेन , खानेपानी अध्यक्ष नवराज खरेल लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । समुहका सहसचिव सन्तलाल मेचेले स्वागत गर्नु भएको कार्यक्रमको सहजीकरण सचिब सीता देबि ढुङ्गेलले गरेकि थिइन्।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार