बिर्तामोड , २६ पौष । बिश्व हिन्दु परिषद नेपाल जिल्ला समिति झापाको आज सम्पन्न भेलाले होमनाथ ढुंगेलको अध्यक्षतामा जिल्ला कार्यसमिति चयन गरेको छ । पुर्व जिल्ला अध्यक्ष गायत्री दाहालको अध्यक्षता तथा पंडित सोमनाथ सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न  भेलाले पुरानो कार्यसमितिलाई भङ्ग गर्दै नयाँ कार्यसमिति गठन  गरेको हो ।

नवगठित कार्यसमितिमा देहाय बमोजिमका महानुभावहरु रहनु भएको परिषदले जनाएको छ । अध्यक्षमा होमनाथ ढुंगेल ,उपाध्यक्षमा देवेन्द्र किशोर ढुंगाना , सचीवमा प्रभाकर कुमार सोनि , सहसचिवमा दुर्गा प्रसाद खरेल , कोषाध्यक्षमा तारा राजवंशी ,  सत्सङ्ग प्रमुखमा डोलेश्वर ढुंगेल  महिला सदस्यमा रिता अधिकारी रहनु भएको जनाइएको छ ।
त्यसैगरी सदस्यहरुमा सत्येन्द्र कुमार कर्ण , हेमलाल भट्टराई ,दामोदर आचार्य ,मनिकुमार राई , फाल्गुनी राजवन्सी ,शिव आचार्य ,बिमल शाह  र अनुप राय रहनु भएको छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार