काठमाडौं, २३ माघ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाईलाई नियुक्त गरेको छ ।

केही दिनदेखि नेपाली टिमलाई प्रशिक्षण दिइरहेका उनलाई औपचारिक रुपमा नियुक्त गरिएको हो । देसाईसँग भारतीय राष्ट्रिय क्रिकेट टिममा रहेर खेलेको अनुभव छ ।

यो पनि : सन्दीप लामिछानेलाई भेटे पाकिस्तानी क्रिकेटर रिजवानले:काठमाडौं, २३ माघ । नेपालमा भ्रमणमा आएका पाकिस्तानी विकेटकिपर ब्याटर मोहम्मद रिजवानले नेपाली क्रिकेटर सन्दीप लामिछानेसँग भेट गरेका छन् ।

बलात्कार आरोप खेपिरहेका लामिछाने थुनामुक्त भएपछि हालै टिममा फर्किएका थिए । उनी टिममा फर्किएको विषय विवादमा परेको छ । र यही बेला नेपाल भ्रमणमा आएका रिजवानले सोमबार बिहान लामिछानेसहित राष्ट्रिय क्रिकेटरहरुसँग भेटेका हुन् ।

नेपाल आएको भोलिपल्ट बिहान रिजवानले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीसहितलाई भेटेका हुन् । यसअघि आइतबार नै रिजवानले नेपाल क्रिकेट संघ ९क्यान०का अध्यक्ष चतुरबहादुर चन्दलाई भेटेका थिए । रिजवान सोमबार मध्यान्ह स्वदेश फर्किएका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार