काठमाडौं – जनकपुरको राममन्दिरदेखि फिल्म ‘भागवत् गीता’को छायांकन सुरु गरिएको छ । आज शुक्रबार धीरज मगर र सुहाना थापाका केही दृश्य खिच्दै फिल्मको छायांकन प्रारम्भ गरिएको हो ।

सुटिङकै लागि कास्ट एण्ड क्रिउसहितको टोली जनकपुर पुगेको छ । शुक्रबार बिहान पूजाआजा गर्दै छायांकन प्रारम्भ भएको हो । झण्डै बीस दिन जनकपुर क्षेत्रमा छायांकन हुने बताइएको छ ।

राम मन्दिरबाट बाहिरिएको तस्विरमा सुहाना, धीरज, बिपिन कार्की, अनुरागमानसिंह कुवँर लगायतको कलाकारलाई देख्न सकिन्छ । भागवत्को भूमिकामा धीरज र गीताको भूमिकामा सुहानाले अभिनय गर्दैछन् ।

बिपिनले फिल्ममा पारालिंगी समुदायको एक क्यारेक्टरमा अभिनय गर्दैछन् । फिल्मलाई झरना थापाले निर्देशन गर्दैछिन् । सुहाना इन्टरटेनमेन्ट र सुनिलकुमार थापा प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार