हल्दीबारी, २ फाल्गुण । नेकपा एमाले हल्दीबारी गाउँ कमिटीले गाउँपालिकामा मंगलबार (आज) ध्यानाकर्षण पत्र बुझाएको छ। नेपाल सरकार मन्त्री परिषद निर्णय बमोजिम भू–योजना तथा जग्गा वर्गीकरणका लागि हालै मात्र हल्दिबारी गाउँपालिकाबाट प्रकाशित सूचनामा अत्यन्त झन्झटिलो तथा अबैज्ञानिक रहेको, जग्गा वर्गीकरण कार्य सहज रुपमा हुनुपर्ने, जग्गा वर्गीकरण कार्य जस्तो आम सरोकार र दीर्घकालीन योजना भएको हुँदा आम सरोकारवालासँग छ्लफल गरी कार्यान्यनमा जानुपर्ने एमालेको ध्यानाकर्षण पत्रमा माग गरिएको छ ।

त्यस्तै पार्टीले हल्दिबारी गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाउने योजनाका साथ पालिकाका अध्यक्ष रबिन्द्र प्साद लिङ्देनलाई अग्रिम समय समेत गरेको तर उक्त समयमा पालिका अध्यक्ष कार्यालयमा उपस्थित नहुनुलाई पार्टीले गम्भीरतापूर्वक लिएको पार्टीका सचिब सागर पोर्तेलले जानकारी गराए । ध्यानाकर्षण पत्र निमित्त प्रमुख प्रशासकिय अधिकृत राजन न्यौपोले बुझेका छन्।

नागरिकलाई अनावश्यक दुःख दिने मनसायका साथ भु-उपयोग योजना र जम्मा वर्गीकरणको नाममा हल्दीबारी गाउँपालिकाले यही मिति २०७४ साल माघ १२ गतेका दिन सार्वजनिक सूचना प्रकाशन गरी माग निवेदनको साथमा नागरिकताको प्रतिलिपी, लालपुर्जाको प्रतिलिपी, मालपोत तिरेको रसिद र नक्साको सक्कलप्रति समेत पेश गर्न भनी सुचना जारी गरेर नागरिकलाई कष्ट दिन खोजेको प्रति नेकपा (एमाले) हल्दीबारी गाउँ कमिटीको गम्भीर ध्यानाकर्षण रहेको छ ।

स्थानीय सरकार जनताको सबै भन्दा नजिकको सरकार हो नागरिकलाई छिटो, छरितो र सहज रुपमा सेवा प्रवाह गर्ने प्रबन्ध मिलाउनु स्थानीय तहको कर्तव्य हो तर, उल्टै जनतालाई सास्ती दिने मनसायका साथ अनावश्यक कागजातहरु माग गर्नु गाउँपालिकाको गैरजिम्मेवारीपन हो भन्ने हाम्रो ठहर छ गाउँपालिकाको सबै जनतालाई प्रभाव पार्ने सार्वजनिक महत्व राख्ने विषयमा निर्णय लिदा सर्वपक्षीय छलफल गर्नु पर्नेमा सामान्य छलफल समेत नगरी सूचना जारी गर्नु निन्दनीय छ ।

अतः तत्काल नागरीकबाट माग गरिएको निवेदन प्रकृयालाई स्थगन गरी सर्वपक्ष छलफलको माध्यमबाट तथा गाउँपालिकाबाटै कर्मचारीहरु खटाई टोलटोलमा गई आवश्यक राय सल्लाह संकलन गरी यथाशीघ्र भू-उपयोग योजना र जग्गा वर्गीकरण काम अगाडी बढाउन जोडदार माग गर्दछौं अतः हाम्रो मागलाई व्यवस्था गरी भू-उपयोग योजना र जग्गा वर्गीकरणको काममा ढिला सुस्ती तथा नागरिकलाई कष्ट दिन खोजे चरणबद्ध आन्दोलन समेत गर्ने चेतवानी दिन चाहान्छौ भनिएकाे छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार