काठमाडौं । ओपनर कुशल भुर्तेलको शतकमा आईसीसी पुरुष क्रिकेट विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशी एकदिवसीय श्रृंखलाको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध कीर्तिमानी जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाएर पुरा गर्दै २८७ रन बनायो । जुन एकदिवसीय क्रिकेटमा हालसम्म नेपालले चेज गरेको र बनाएको सबैभन्दा ठूलो स्कोर हो । यसअघि, त्रिवि क्रिकेट मैदानमा पीएन्जी विरुद्ध त्रिवि मैदानमै नेपालले २८६ रन बनाएको थियो ।

नामिबियाविरुद्ध नेपालको जितमा ओपनर कुशल भुर्तेलले ११३ बल खेल्दै १० चौका र ४ छक्काको मद्दतमा सर्वाधिक ११५ रनको शतकिय इनिङ इनिङ खेले । उनले तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग कीर्तिमानी १३३ रनको साझेदारि गरेका थिए । जुन एकदिवसीय क्रिकेटमा नेपालले गरेको ठूलो साझेदारि हो । यस्तै, उनले पाँचौ विकेटका लागि सन्दीप जोरा सँग ४९ रनको साझेदारी गरे ।

रोहित पौडेलले ७६ बलमा ७ चौका र तीन छक्काको मद्दतमा ७२ रन योगदान गरे । आसिफ शेख ५ बल खेल्दै शून्यमा आउट हुँद ज्ञानेन्द्र मल्ल २५ रन र सन्दीप जोरा २८ रन बनाएर पभेलियन फर्किएका थिए । करण केसी २० रन र सोमपाल कामी ४ रनमा अविजित रहे ।

नामिबियाका रुबेन ट्रपेलम्यान र जान निकोल लोफ्टी- इटोनले समान तीन विकेट लिए भने बर्नाद स्कोल्ज र तानगेनी लुङ्गामेनीले एक(एक विकेट लिए । यसअघि, टस हारेर ब्याटिङ थालेको नामिबियाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २८५ रनको योगफल तयार पारेको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार