झापा| ” हामिलाइ शान्ती संग पढ्न देउ, हाम्रो अभिभावकलाइ बांच्न देउ ।” भन्ने नारा लगांउदै लघुबित्त, मिटरब्याजी र बैंकहरुले गरेको शोसण बिरुद्ध झापाको बिर्तामोडमा बिद्यार्थीहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका छन ।

लघुबित्त, मिटरब्याजी र बैंकहरुको आतंक बिरुद्ध झापामा निरन्तर संघर्ष गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारी मेचीको आयोजनामा उक्त कार्यक्रम भएको हो । प्रदर्शनमा झापाका जिल्ला इन्चार्ज प्रशान्त लगायतका नेताहरुपनी सहभागी भएका थिए ।

बिर्तामोड पुरानो इलाम स्टेशनबाट सुरु भएको र्याली मुक्ती चोक सम्म नाराबाजि गर्दै आएको थियो । मुक्ती चोकमा आएर कोणसभामा परिणत भएको प्रदर्शनमा अखिल क्रान्तिकारीका महासचिब ललित सी ले बोलेका थिए । उनले बिद्यार्थीहरुले आफ्नो अभिभावक माथी भएको ज्यादती बिरुद्ध संघर्ष सुरु गरेको र यो आन्दोलनले बैंक , मिटरब्याजी र लघुबित्तवाला ठगहरुलाइ मुक्ती चोकमा ल्याएर घिसार्ने बताए ।

कोणसभामा नेकपा झापाका सेक्रेटरी संजय सीले बोल्दै ठगहरुको अत्यचार सहेर बस्न नसकिने भएकोले अब सबै बिधार्थी संघर्षमा आउन अपिल गरे । उनले पार्टिको आधिकारिक नम्बर ९८६४६५८९६४ सबैलाइ टिपाउंदै कुनै बैंक, बित्तिय संस्था र मिटरब्याजिले दुख दिए पार्टिमा सम्पर्क गर्न भने । उनले गाउँ गांउमा गएर जनता आफ्नो निम्ति लड्ने पार्टी रहेको बताउन र बिद्रोह गर्दै उठ्न सबैलाइ भन्नू पर्ने भुमिका बिद्यार्थीले खेल्नु पर्ने बताए ।
प्रदर्शनमा ” मिटरब्याजी तस्करहरु होसियार ।  हाम्रो अभिभावकलाइ बांच्न देउ, हामिलाइ शान्ती संग पढ्न देउ । बित्तिय संस्था, मिटरब्याजी र बैंकहरु होसियार । ब्याजदर एक अंकमा झार । दलाल सरकार मुर्दावाद । बिद्यार्थी एकता जिन्दावाद । अखिल क्रान्तिकारि जिन्दावाद जस्ता नारा लगाएका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार