काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिमा ८ दलीय सहमति पाएसँगै  नेपाली कांग्रेसले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई अगाडि सार्ने सहमति भएकाे छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ दलको बैठकले कांग्रेसलाई राष्ट्रपतिमा समर्थन जनाउने निर्णय गरेको हो । बैठकमा सहभागी एक नेताका अनुसार ८ दलवीच राष्ट्रपतिका विषयमा मात्रै छलफल भएको थियो ।

तर, ८ दलको बैठककै वीचमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालवीच अलग्गै छलफल भएको थियो ।

त्यसैगरी उपराष्ट्रपति जसपालाई दिन तीन दलका नेताहरु सहमत बनेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । यसैवीच, नेपाली कांग्रेसले बरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको कांग्रेस स्रोतले बताएको छ । यसबारे कांग्रेसले शनिबार बिहानको बैठकबाट टुंगो लगाएकाे छ । शनिबार दिउँसो १ बजे नयाँ बानेश्वरमा ८ दलका तर्फबाट राष्ट्रपतिको उम्मदेवारी मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार