बिर्तामोड । ज्येष्ठ नागरिक चौतारीसहितको बहुउद्धेश्यीय सामुदायिक भवन र व्यवस्थित कर्मयोग स्थल निर्माणका लागि झापाको बिर्तामोडमा सप्ताहव्यापी अनुष्ठानको आयोजना हुने भएको छ ।

बिर्तामोड–४ मेघाबारी टोलमा नवनिर्मित श्री सिद्धिबिनायक गणेश पाञ्चायन मन्दिर प्राङ्गणमा फागुन २० गतेदेखि सप्ताहव्यापी श्रीमद् भागवत ज्ञानमहायज्ञको आयोजना गरिएको अनुष्ठान आयोजक समिति संयोजक भिमा शिवाकोटीले जानकारी दिनु भयो । सार्वजनिक महत्वको किरियापुत्री भवन र ज्येष्ठ नागरिक चौतारीसहितको सामुदायिक भवन निर्माणका लागि अनुष्ठान आयोजना गरिएको हो । सुप्रसिद्ध भागवत मञ्जरी राधिका दासीको कथा प्रवचन रहने उक्त अनुष्ठानका लागि पण्डाल निर्माण कार्य धमाधम भइरहेको छ । आयोजक समितिले सचिवालय समिति, विभिन्न उपसमिति र सल्लाहकार समिति गठन गरी प्रचारप्रसार र आन्तरिक व्यवस्थापनको कार्यलाई तीब्रता दिएको छ । सामुदायिक भवन र किरियापुत्री भवन निर्माण गर्ने उद्धेश्यले आयोजना गरिने उक्त धार्मिक अनुष्ठानमा सरिक भई आध्यात्मिक लाभ लिएर स्वेच्छिक सहयोग गर्न सरोकारवाला सबै पक्षलाई आयोजक समितिले आग्रह गरेको छ ।

सप्ताहव्यापी महापुराणको पाठ पारायण र कथा प्रवचनअघि फागुन २० गते विहान ९ बजेदेखि कलश यात्रासहितको नगरपरिक्रमा तय गरिएकोछ । नगरपरिक्रमा र सप्ताहव्यापी कथा प्रवचनमा सहभागी भइदिन बिर्तामोड र छिमेकी नगरबासीमा आयोजक समितिले आग्रह गरेको छ । अनुष्ठानको उद्घाटन फागुन २० गते सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा गरिने पुराण आयोजक समितिका सचिव पुष्प खड्काले जानकारी दिनु भयो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार