काठमाडौं, २ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जारी विश्वकप लिग–२ को अन्तिम खेलका लागि नेपाली टिमलाई शुभकामना दिएका छन ।

त्रिभुवन विश्वबिद्यालयको खेल मैदानमा जारी युएई बिरुद्ध मैदानमा उत्रेको नेपाली टिमलाई एमाले अध्यक्ष ओलीले जीतको शुभकामना दिएका हुन ।

‘मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो। ऊच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टिमलाई शुभकामना,’ ओलीले टविटरमार्फत शुभकामनामा दिदै भनेका छन, ‘राष्ट्र तपाईंहरूको साथमा छ र म तपाईंहरूको साथमा छु ।’

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार