हल्दिबारि गाउँपालिका वडा – ४ मा रहेको श्रीपाथिभरा कालिका सामुदायिक बन उपभोक्ता समुहको निर्वाचनमा ८ सय ३७ मत मध्ये ७ सय ६९ मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ ।

बिहान ८ बजेर ५ मिनेट बाट मतदान शुरु गरिएको मतदान शुरु भएर ३ बजे सकिएको थियो ।उक्त निर्वाचन मा २१ जना उम्मेद्धारले उम्मेद्धारी दर्ता गरेका थिए ।

निर्वाचन समितिका अनुसार क्षेत्र नम्बर १ मा २४८ मतमा २२८ मत खसेको थियो भने क्षेत्र नम्बर २ मा २८१ मतमा २५९ मत र क्षेत्र नम्बर ३ मा ३०८ मतमा २८३ मत खसेको निर्वाचन समितिले जनाएको छ

अध्यक्षमा २ जना उपाध्यक्षमा २ जना, सचिवमा २ जना, कोषाध्यक्षमा २ जना, सह सचिवमा २ जनाले उम्मेद्धारी दर्ता गरेका छन । त्यसै गरि ३ वटा क्षेत्र विभाजन गरि उम्मेद्धार दर्ता गरेको मा एक नं. क्षेत्रबाट ३ पुरुष २ महिला, २ नं. क्षेत्रबाट २ पुरुष २ महिला, ३ नं. क्षेत्रबाट २ महिला
गरी २१ जनाले निर्वाचनमा भाग लिएका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार