हल्दिबारी, ६ चैत ।  मेची बहुमुखी क्याम्पस भद्रपुरमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुका सन्देश धमला सभापतिमा विजयी भएका छन् । उनले नेपाल विद्यार्थी संघका किशोर ढुङ्गानालाई १३० मतान्तरले पराजित गरेका छन् । धमलाले ९६० मत ल्याउँदा ढुङ्गानाले ८३० मत पाएका थिए। त्यस्तै गरि सचिवमा अनेरास्ववियुकै विदन राई विजयी भएका छन् । राईले १ हजार १३ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेविसंघका भीष्म घिमिरेले ९३३ मत पाएका थिए ।

कोषाध्यक्षमा नेविसंघकी निलम कार्की विजयीकी छिन् । उनले राप्रपा निकट अनेरास्ववियु गठवन्धनका उम्मेद्वार अनिल चौहानलाइ ४२३ मतान्तरले हराएकी छन् । कार्कीले ११५० मत पाउँदा चाैहानले ७२७ मै चित्त बुझाउनु पराे । सदस्यहरुमा भने अनेरास्ववियुकी अनुसा भण्डारी, उद्देश्य भण्डारी त्यसै गरि नेविसंघबाट सौरभ ओस्ती, प्रजिन खतिवडा, भीमार्जुन गिरी, प्रतीक शाह रौनियार र विवेक ढकाल  विजयी भएका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार