जनकपुर, ९ चैत । जनकपुरधाम उपमहानगरपालिकाका वडाअध्यक्षसहित वडा सचिव घुसकाृ रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासको टोलीले जनकपुरधाम–११ का वडाध्यक्ष अर्जुन चौधरी र वडा सचिव माधव रायलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको हो ।

अख्तियारको टोलीले वडाध्यक्ष चौधरी र वडासचिव रायलाई जानकी मन्दिर नजिकै रहेको रोहन होटेलबाट ५० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

सो वडाका एक सेवाग्राहीसँग जग्गा दर्ता कायम गर्न सरजमिनका लागि भन्दै मागेको ५० हजार रुपैयाँ घुस लिदै गर्दा अख्तियारको बर्दिवासबाट खटेको टोलीले दुवै जनालाई रंगेहात पक्राउ गरेको हो ।

पक्राउ परेका वडा अध्यक्षा र वडा सचिव माथी थप अनुसन्धान र कारबाहीका लागि हिरासतमा राखिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार