आज २०८० साल बैशाख १४ गते बिहिबारको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) नयाँ योजना बन्नेछन् भने पुरानो समस्या सुल्झाउन सकिनेछ । रोकिएको काम दोहोर्याउँदा लाभ हुनेछ । ढिला सुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्छ । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ । पठन पाठनमा समय दिन नसकिए पनि धैर्य साथ काममा जुट्नुहोला । मेहनत गर्दा सामान्य लाभ भइरहनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । व्यवसायमा लक्ष्य अनुसारको उपलब्धि प्राप्त नहुन सक्छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउला । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) खर्च लागे पनि दिगो आयस्रोत जुताउन सकिनेछ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिनेछन् । स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला । जिम्मेवारी भने बढि रहनेछ । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला । पढाइ लेखाइमा समय दिन नसकिएला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) अभिप्रेरणा जगाउनेहरू पनि प्रशस्तै भेटिनेछन् । रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द पाइएला । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यावसायिक आम्दानी बढ्नेछ । पछिसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । परिस्थितिसँग केही सम्झौता गर्नुपरेपनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) बोलीको कारणले केही समस्या उब्जिए पनि सहयोगीहरूले फाइदा दिलाउनेछन् । टाढाको यात्राको सम्भावना छ । अध्ययनमा समय दिन नसकिएला । लेनदेनको विवादले हानि पुर्याउन सक्छ । पहिलेका समस्या दोहोरिन सक्छन् । स्वादिष्ट भोजनको अवसर प्राप्त भए पनि पेटको समस्याले सताउन सक्छ । अनावश्यक जमघटले काममा बाधा पुर्याउला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) विस्तारै सोचेको काम बन्नेछ । नाम, दाम र इनाम कमाउने समय छ । रोगले पनि सताउने देखिन्छ । आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन् । आफ्ना कमजोरी माथि टिप्पणी हुन सक्छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) भूमि वा पैत्रिक सम्पत्तिमा विवाद आउन सक्छ । प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ । सानातिना काम र घरेलु समस्यामै अल्झनु पर्ने देखिन्छ । अर्थ अभावले योजना स्थगित हुन सक्छ । कृषिमा कामको चाप बढ्न सक्छ । चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) व्यवसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । केही समस्या निम्त्याए पनि इच्छा शक्ति एवम् मेहनतले राम्रो फाइदा दिलाउनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) नयाँ व्यवसाय सुरु गर्ने मौका छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । रुपैँया पैसाको कारोबार हुने देखिन्छ । व्यवसायिक काममा पनि त्यत्ति फाइदा नहोला । काममा अवरोध आउन सक्छ । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । सोचेको काम सजिलै सम्पादन हुनाले मन प्रसन्न रहनेछ । प्रियपात्रसँग भेटघाट हुनुका साथै दिन रमाइलो बन्नेछ । शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुख पाइनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) उपहारभन्दा कर्ममा विश्वास गरेर अघि बढ्दा फाइदा हुनेछ । आम्दानी बढ्नुका साथै ठूलो काम सम्पादन हुन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरेपनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । अप्रिय समाचारले मन खिन्न हुनेछ । अर्थ अभावले चिताएको काम रोकिने सम्भावना छ । विगतको श्रमबाट भने लाभ हुनेछ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार