बिर्तामोड, ५ जेठ । बिर्तामोड नगरपालिका क्षेत्रभित्र कुष्ठरोगीको संख्या २९ पुगेको छ । नगरपालिकाको स्वास्थ्य शाखाले बिहीबार बिर्तामोडमा आयोजना गरेको कुष्ठरोग घरदैलो खोजपड्ताल कार्यक्रम अन्तर्गत सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रममा यस्तो जनाइएको हो । जसमा बालबालिका ४ जना रहेका छन् ।

कात्तिक महिनायता बिर्तामोड नगर अस्पतालमा ६ जना कुष्ठरोगी फेला परेको जनाइएको छ । संकास्पद लक्षण देखिएका १८ जनाको जाँच गर्दा ६ जनामा पोजेटीभ देखिएको हो । कुष्टरोगका कारण बिर्तामोडमा बिर्तामोडमा ६ जना अपांगसमेत भएका छन् । यस्तै, १ जनामा कुष्ठरोग पुनः बल्झिएको जनाइएको छ ।

अन्य वडाको तुलनामा बिर्तामोड–१० मा कुष्ठरोगीको संख्या बढी रहेको सिनियर अहेब अधिकृत तथा फोकल पर्सन दिपक सापकोटाले जानकारी दिनु भयो । यस वडामा कुष्ठरोगीको ९ रहेको छ । कुष्ठरोगको जोखिममा रहेको १० नम्बर वडामा रोग पहिचानका लागि घर–घरमा तालिम प्राप्त स्वास्थ्यकर्मी पठाइने भएको छ । अभियानकै रुपमा जेठ ६ गतेदेखि १० गतेसम्म कुष्ठरोगको शंकास्पद लक्षण भएका बिरामी खोजी गर्ने अभियानको तयारी रहेको सापकोटाले बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले स्वास्थ्यकर्मीहरुलाई कुष्ठरोग नियन्त्रणका लागि समुदायस्तरमा डटेर लाग्न निर्देशन दिनुभयो । बिर्तामोडलाई कुष्ठ रोगमुक्त नगरपालिका घोषणा गर्ने गरी काम गर्न जोड दिँदै उहाँले नगरलाई क्षयरोग, कुष्ठरोग लगायतका रोगहरु मुक्त बनाउनु पर्ने बताउनुभयो ।

त्यस्तै, सर्नेरोगहरुको क्षेत्रमा काम गर्दै आएको संस्था एनएलएफका राष्ट्रिय निर्देशक एन्डु सिथ्लिंगले पालिकाको प्रत्येक विद्यालयलाई माध्यम बनाएर कुष्ठरोग नियन्त्रणका कार्यक्रमहरु गर्नु पर्ने बताउनु भयो । एनएलएफ दिपक घिमिरेले झापामा अहिले प्रति दश हजार जनसंख्यामा २ जना भन्दा बढीलाई कुष्ठरोग देखा पर्ने गरेको बताउनुभयो । उहाँले बिर्तामोडमा प्रति वर्ष २० जना नयाँ बिरामी उपचारमा आउने गरेको पनि बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, वडा नम्बर १० का वडाध्यक्ष दुर्योधन गुरुङ, कार्यपालिका सदस्य यमुना आचार्य, लगायत जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार