काठमाडौं । पूर्वविश्वसुन्दरी तथा भारतीय अभिनेत्री ऐश्वर्या रायले फ्रान्समा जारी कान्स २०२३ को रेडकार्पेटमा आफ्नो जादु छरेकी छन् । चाँदीको पोशाकमा उनको शैलीले विश्व मिडियाको ध्यान तान्यो । उनले लगाएको चाँदकिो पोशाक सोफी कउचरले डिजाइन गरेको हो ।

लगातार २१ औं वर्ष कान्समा उपस्थित भएकी ऐश्वर्याले यसपटक कालो हुड र चाँदीको गाउन लगाएकी थिइन् । सोफी कउचरको इन्स्टाग्राम पोस्टअनुसार ऐश्वर्याले कान्समा यो पोशाक लगाएर डेब्यु गरेकी थिइन् ।

चाँदीको सेक्विन एल्युमिनियम र क्रिस्टलबाट बनेको हुन्छ । ऐश्वर्याले झण्डै दुई दशकदेखि कान्समा कस्मेटिक कम्पनी लोरियलको प्रतिनिधित्व गर्दै आएकी छिन् । उनी छोरी आराध्यासँग कान्समा छिन् । यस वर्षको कान्स रेड कार्पेटमा ऐश्वर्याबाहेक साराअली खान, मृणाल ठाकुर, उर्वशी रौतेला, ईशा गुप्ता र मानुषी छिल्लर लगायतका भारतीय सेलिब्रिटी हिंडेका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार