मोरङ, जेठ ०८ गते । मोरङको विराटनगर महानगरपालिका ७ पिपल चोकमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

हिजो राती साढे ११ बजे पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको बा. ७६ प ७८४६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई स्थानिय दयाराम सिलवालको घरको कम्पाउण्ड वालमा ठोक्किदा घाईते भएका मोरङको कटहरी गाँउपालिका २ का २७ बर्षीय सागर भगतको रेडक्रस अस्पताल विराटनगरमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । (फाइल फाेटाे)

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार