सिंह हरुले सिंहदरबार ,छोडदैन भने?
बिरालाहरु पनि यहाँ , बाघ बन्नेछन।
लुटछन् खान्छन् , उफिन्छन जनता माथि,
सर्बस्व लुछेर यहाँ , सधैं घात गर्नेछन।।

सिंहले हेर्दैन कहिल्यै , गरीब निमुखा निर्दिष्ट
उसभित्र दया हुन्छ , न आत्मा हुन्छ पबित्र ।
उ त एउटा परजीवी हो ,भक्षले संसार तर्दछन,
जे गर्दछन उसले सब ,स्वार्थका लागि गर्दछन।।

उ त रमाएको छ , दरबार भित्रको सभ्यता सँग ,
उसलाई के को लेनदेन ,जनता भित्रको कथा सँग।
उ छैन दुखी कहीं , बिलासिताले नै जीवन भर्दछन ,
यो दरबार न हो , जो आनन्दले शैर-यात्रा गर्दछन।।

आयो सत्ता ,जोड्यो नाता , उहीँ सिंहका पर्खाल सँग,
जनताका आँशु छिर्न नदिने ,केलाई झोक्र्याउनु स्याल सँग।
त्यसैले त कानुन,अड्डा अदालतमा , ईशाराले राज गर्दछन ,
देशको सार्वभौमसत्तालाई उछिनी , गर्जनले श्वास फेर्दछन।।

दरबार खोले पो देखिन्थ्यो कि , ती सिंहका आकार हरु,
रंग बिरंगले फेरिएका ती ,राक्षसी भुडीका चमत्कार हरु ।
लोकतन्त्रको शिकार गर्दै , कि जनतामा भ्रम छर्दछन,
जाग्ने बेला आयो जनता हो , समयले देशप्रेम माग्दछन।।

जोगेन्द्र प्रसाद राजवंशी
कचनकवल – ३, दल्की झापा
हाल :- मलेसिया

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार