काठमाडौं, १८ जेठ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल(हिसान) काठमाडौं जिल्ला कार्य समितिले विश्व वातावरण दिवसको अवसर पार्दै प्रथम हिसान म्याराथन–२०२३ को आयोजना गर्ने भएको छ ।

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै हिसान काठमाडौं जिल्ला कार्य समितिले उक्त म्याराथन आयोजना गरिने बारे जानकारी गराएको हो । हिसान काठमाडौंले विश्ववातावरण दिवसको अवसर पारेर जेठ २२गते प्रतियोगीताआयोजना गरिरहेको जानकारी दिएको छ।

‘लेट्स रन टुगेदर फर इन्भाइरोमेन्ट’ भन्ने मुलनाराका साथ उच्चशिक्षालय तथा माध्यमिक हिसान काठमाडौं जिल्ला कार्य समितिले आगामी जेठ २२ गते (सोमबार) प्रथम हिसान म्याराथन–२०२३ प्रतियोगीता आयोजना गरिरहेको जानकारी दिएको छ।

हिसानले शिक्षाको नीति, स्वरूप र दिशा निर्धारणमा सरकारलाई विभिन्न हिसावले सहयोग गरिरहेको र अर्को तर्फ विभिन्न समयमा समसामयिक विषयवस्तुमा छलफल, बहस एवं जनसरोकारका विषयमा कार्यक्रमहरु आयोजनागर्दै आइरहेको बताएको छ ।

वातावरण संरक्षण आजको एक महत्वपूर्ण चुनौतीभएको बताउँदै हिसान काठमाडौंले वातावरण आफैँमा एउटा बहुआयामिकविषय रहेको सन्दर्भमा हिसानले पनि यसको महत्वलाई दर्शाउने हिसाबले विश्व वातावरण दिवसको अवसरमा उक्त प्रतियोगिता आयोजनागर्न लागेको जनाएको हो।

प्रतियोगिता जेठ २२ गते बिहान ७ बजे हिसान कार्यालय रहेको ट्रेड टावर थापाथलीबाट युवातथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूको उपस्थितिमा सुरू हुने हिसान काठमाडौंले जनाएको छ।

हिसानका सदस्य संस्थाहरूमा अध्ययनरत विद्यार्थीहरुले करिब ४ किलोमिटरको दूरीमा दौड सञ्चालनहुने र तोकिएको तहका नियमित विद्यार्थीहरुले मात्र प्रतियोगितामा भाग लिनपाउने जनाईएको छ।

हिसान काठमाडौंले सो म्याराथुनको रुट थापाथली ट्रेड टावर, थापाथली, त्रिपुरेश्वर(रंगशाला), सुन्धारा, न्युरोडगेट, रत्नर्पाक, जमल, त्रि–चन्द्र कलेज, पुरानो बसपार्क, रामशाहपथ, माइतीघर हुँदै पुनः सुरू भएको विन्दुमा आएर समापन हुने बताएको छ।

प्रतियोगितामा महिला र पुरुष गरी करिव ३ सय जना प्रतिष्पर्धी सहभागीहुने र महिला र पुरुषदुवैतर्फ प्रथम, द्वितिय र तृतियलाई क्रमशःनगद १५ हजार, १० हजार र पाँचहजार राशिको पुरस्कार व्यवस्था गरिएको हिसान काठमाडौंले जानकारी दिएको छ।

यस्तै, महिला र पुरुष तर्फ थप ३÷३ जनालाई सान्तवना पुरस्कार स्वरुप एक हजार रूपैयाँ उपलब्ध गराइने जनाईएको छ । हिसान काठमाडौंले कार्यक्रम तयारीमा आजसम्म साथर सहयोग दिने सम्पूर्ण प्रति आभार व्यक्तगर्दै कार्यक्रमको दौरानमा नेपालप्रहरी, ट्राफिक प्रहरीलगायतका सम्बन्धित निकायबाट पूर्ण सहयोगको अपेक्षालिएको छ ।

प्रथम हिसा नम्याराथनका कार्यक्रम संयोजक कृष्ण गौतमले उक्त प्रतियोगीता सफलबनाउनआग्रह गरेका छन्। उनले समग्र देशको शिक्षालाई अगाडि बढाउन हिसानले लामो समयदेखि भूमिका खेलिरहेको बताउँदै विश्ववातावरण दिवसको अवसरमा उक्तकार्यक्रमको आयोजना गर्न लागिएको जनाए ।

उक्त प्रतियोगिताको प्राविधिक व्यवस्थापन भने नेपालएथ्लेटिक्स संघले गरेको छ । हिसान काठमाडौं कार्य समिति अध्यक्ष शिव अधिकारीले दिनदिनै विश्वमा वातावरण प्रदुषणहुँदै गरेको अवस्थामा विद्यार्थीहरूलाई जागरण गराउने उद्देश्यले प्रथम म्याराथनको प्रतियोगिताआयोजनागर्न लागिएको स्पष्ट पारे ।

कार्यक्रममा हिसान काठमाडौं अध्यक्ष शिव अधिकारी, प्रथम हिसान म्याराथनका संयोजक कृष्ण गौतम, हिसान काठमाडौं कार्यसमिति सचिव गोपीराज पराजुली र कार्यसमिति सदस्य राजन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार