काठमाडौं, २१ जेठ । राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । आयोगकी नवनियुक्त सदस्य अनिता शाह ढुंगानाले पद तथा गोपनियताको सपथ लिए सँगै आयोगले पूर्णता पाएको हो ।

नवनियुक्त सदस्य ढुंगानाले आइतबार आयोगका उपाध्यक्ष डा. मिनहादुर श्रेष्ठ समक्ष पद तथा गोपनियताको सपथलिइन् । आइतबार आयोजित सपथ समारोहमा आयोगका सदस्यहरु तथा सदस्य सचिव केवल प्रसाद भण्डारीको उपस्थिति थियो ।

महिला सदस्यको रुपमा ढुंगानालाई जेठ १४ गते बसेको मन्त्रिपरिषद बैठकले रिक्त सदस्य पदमा नियुक्त गरेको हो । ढुंगाना सामाजिक एवं राजनीतिक क्षेत्रमा सक्रियमहिला नेतृ हुन् । यूनडिपीमा समेत काम गरेको अनुभव भएको ढुंगानाले विभिन्न सहकारी तथा लघुवित्त संस्थाको नेतृत्व समेत सम्हालि सकेकी छिन् ।

२०७९ माघ ९ गते आयोगको उपाध्यक्षको रुपमा डा. श्रेष्ठले पदबहाली गरेकाथिए । तत्कालिन माओवादी–एमाले सहितको गठबन्धन भत्किएर माओवादी–कांग्रेस सहितको गठबन्धन बनेपछि त्यसको असर आयोगलाई पर्यो । गठबन्धन परिवर्तन पछि केहीनयाँ सदस्यहरु नियुक्त भए पनि आयोगले पूर्णता भने पाउन सकेको थिएन ।

यस अघि आयोगको सदस्यहरुा डा. रामकुमार फुयाँल, डा. जयकान्त राउत, डा. प्रभु बुढाथोकी, डा. आरपी विच्छा, र डा. रमेश पौडेल नियुक्त भइसके थिए । नवनियुक्त सदस्य ढुंगानाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सञ्चार तथा सूचनाप्रविधि, कानून, न्यायतथा संसदीय मामिला साथै कर्णाली प्रदेश हेर्ने जिम्बेवारी पाएकी छिन् ।

यस अघि नियुक्त भएका सदस्यहरु मध्ये डा. फुयाँललाई उद्योग, वाणिज्य तथाआपुर्ति, पर्यटन, श्रम तथा रोजगार, तथ्यांक साथै सुदुर पश्चिम प्रदेशको जिम्बेवारी दिइएको थियो भने डा. राउतलाई कृषि, भूमि, सहकारी र खानेपानीको जिम्मा दिइएको छ ।

यसै गरी डा. बुढाथोकीलाई उर्जा, वन, सार्वजनिक निजी साझेदारी साथै बागमती प्रदेश, डा. विच्छालाई स्वास्थ्य तथा जनसंख्या, संघीइ मामिलातथा सामान्य प्रशासन साथै कोशी प्रदेशको जिम्बेवारी दिइएको छ भने डा. पौडेललाई शिक्षा, सहरी विकास, युवातथा खेलकुद साथै बागमती प्रदेशको जिम्बेवारी दिइएको छ ।

उपाध्यक्ष श्रेष्ठको जिम्मामा समष्टिगत आर्थिक क्षेत्र, अर्थ, रक्षा, परराष्ट्र। गृह, भौतिक पूर्वाधार, वैदेशिक सहायता साथै सबै प्रदेशहरुको समन्वय रहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार