आदरणीय हल्दीबारी गाउँपालिकाबासी आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरु, विगत ४ महिना अगाडि ( १०, डिसेम्बर २०१९ ) चिनको वुहान सहरमा एक जना ५७ बर्षिय माछा व्यापारी महिलामा कोरोना भाइरस (COVID-19) देखा परी सो को संक्रमण चिनबाट इटाली, अमेरीका, बेलायत, भारत हुँदै हाल नेपालमा समेत देखा पर्न सुरु गरेको हामी सबैलाई सर्वविदितै छ । नेपालमा सर्वप्रथम गत माघ-१० गते कोरीयाबाट नेपाल आएका एक व्यक्तिमा कोरोनाको संक्रमण देखा परेको थियोे ।

तर, निजलाई आइसोलेसनमा राखि उपचार गरे पश्चात् हाल उनी कोरोना संक्रमणबाट मुक्त समेत भइसकेका छन् । गत चैत-१० गते कतार एयरलाइन्सबाट नेपाल फर्किएकी १ जना फ्रान्समा अध्ययन गर्ने युवतिमा कोरोना पोजेटिभ देखिएको छ भने खाडी मुलुकबाट फर्किएका १ नेपाली युवामा समेत कोभिड-१९ पोजेटिभ देखिएसंगै नेपालमा संक्रमितहरुको संख्या ३ पुगेको छ, जसले गर्दा हामी माझ व्यापक त्रास फैलाएको छ । नेपाल सरकारले चैत-११ गतेबाट चैत-१८ गतेसम्म अर्को सुचना जारी नभएसम्मका लागि पुरै मुलुक लकडाउन गर्ने निर्णय समेत गरेको अवस्था छ । ती ३ जना संक्रमितहरुसंग एउटै जहाजमा नेपाल आएकाहरु मध्ये केही झापा जिल्लाको विभिन्न स्थानमा घर भएकाहरु समेत रहेका छन् ।

एउटै जहाजबाट यात्रा गरेको हुनाले ती व्यक्तिहरुमा समेत कोरोना भाइरस सरेको हुन सक्ने सम्भावना छ । तसर्थ, यो बेलामा सम्भावित कोरोना भाइरसको संक्रमणबाट आफू र अरुलाई बचाउनका लागि घर बाहिर ननिस्किकन, घरमै सुरक्षित भएर बस्नु हुन, ४ जना भन्दा बढी अनावश्यक रुपमा जमघट नहुनु हुन, निजि तथा भाडाका सवारी सांधनहरु नचलाउनु हुन, हाटबजार, पसल, उद्योग, कलकारखाना सबै बन्द गर्नु हुन हार्दिक अनुरोध गर्दछौं। हामीले सो सम्बन्धमा रेडियो, पत्रपत्रिका र संचार तथा सामाजिक संजालको माध्यमबाट समेत सुचना प्रवाह गरेका छौं ।

साथै, संचार र सामाजिक संजालको पहुँचबाट टाढा रहेका नागरिकहरुलाई मध्यनजर गरि टोल-टोलमा माइकिङ गरी सुचना प्रवाह गरेका छौं । सुचनाको अवज्ञा गरि जथाभावी गरेर आफ्नो र अरु सबैको ज्यान जोखिममा पार्ने कार्य कोही, कसैले नगरीदिनु हुन हार्दिक अनुरोध गर्दछौं । साथै, सुचना तथा जानकारीको अवज्ञा गर्नेलाई कानुनी कार्वाहीको दायरामा ल्याउन स्थानीय प्रहरी प्रशासनलाई निर्देशन समेत दिइएको छ ।

अहिले कोरोना संक्रमणको महामारी भोगीरहेका चिन, इटाली, अमेरीका लगायत मुलुकका नागरिकहरुले विगतमा सतर्कता अपनाउन नसक्दा, हेलचेक्राई गर्दा अहिले ती मुलुकहरुलाई कोरोना संक्रमणको क्षति निकै महंगो भएको हामीले सुनिरहेका छौं । हामीले ती मुलुकहरुको अवस्थाबाट पाठ सिकेर कोरोनाको माहामारी माथी बिजयी हाँसिल गर्नु पर्ने भएकोले सबैलाई अन्यन्तै सजग, सचेत र इमानदार भई विश्व स्वास्थ्य संगठन, नेपाल सरकार र हल्दीबारी गाउँपालिकाले जारी गरेका निर्देशन र जानकारीहरुको पालना गर्नु हुन समेत विनम्र अनुरोध गर्दछौं ।

खासगरी, विश्वमा कोरोना भाइरस संक्रमण फैलावटको अवस्था हेर्दा यसको फैलावट ४ चरणमा भएको विज्ञहरुले विश्लेषण गरेका छन्, ती हुन् ; (१) विदेशबाट फर्किएकाहरुमा मात्र COVID-19 पोजेटिभ देखिने चरण (२) विदेशबाट फर्किएकाहरुको आफन्त, परिवारजन र उनीहरुको सम्पर्कमा रहेकाहरुमा COVID-19 पोजेटिभ देखिने चरण (३) काहीं कतै नगएका र कसैसंग सम्पर्कमा समेत नभएकाहरुमा समेत COVID-19 पोजेटिभ देखिने चरण र (४) कोरोना संक्रमणबाट महामारीको चरण, यी ४ चरणहरु मध्ये हामी अहिले पहिलो चरणमा रहेको छौं ।

यो अवस्थामा पूर्ण रुपमा इमानदार भएर राज्यबाट गरिएका निर्देशनहरुको पालना गरेको खण्डमा पहिलो चरणबाटै कोरोनाको त्रासबाट नेपाल र नेपालीलाई मुक्त गर्न सकिने भएकोले हेलचेक्राई नगरी निम्न उपायहरु इमान्दारीपूर्वक पालना सबैलाई हार्दिक विनम्र अनुरोध गर्दछौं ।

क) लकडाउनको पूर्ण रुपमा पालना गरौं, ख) घरबाट बाहिर सकभर निस्कँदै ननिस्कौं, ग) साबुनपानीले हात धोइरहने बानी बसालौं, घ) मास्कको अनिवार्य प्रयोग गरौं, ङ) सहि सुचना लिने र दिने गरौं, छ) भिड र हुलबाट टाढा रहौं, ज) खोक्दा, ह्याछिउँ गर्दा मुख छोप्ने गरौं, झ) COVID 2019 लक्षण देखिए तुरून्त अस्पताल जाअौं । –

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार