gagan thapa

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन कुमार थापाले अहिलेको क्षणमा अध्यादेशहरु जारी गर्नु संविधानको मर्म विपरितको कदम भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत नेता थापाले प्रधानमन्त्री ओलीको ट्विटर ह्याण्डललाई मेन्सन गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले सरकारले ल्याएको अध्यादेशको विरोध गरेका छन् ।थापाले नयाँ अध्यादेशका विषयमा प्रश्न उठाउँदै प्रधानमन्त्री ओलीलाई सोधेका छन्, ‘महासंकटको यो क्षणमा यी अध्यादेशहरू जारी गर्ने तपाईंको उद्देश्य र नियत समयले थप प्रस्ट्याउने नै छ ।

संविधानको मर्म विपरीतका यी कदमको सामना गर्छौ नै । संकटको यो घडीमा तपाईंको यस्तो प्राथमिकताले यो भने प्रस्ट बनायो कि सरकार चलाउने वैधानिकता तपाईंसँग रहला,वैधता भने अब रहँदैन ।’

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार