पहिलो टी-ट्वान्टी खेलमा नेपालले जिम्बाबे ‘ए’ सँग पराजित भएको छ । आज(आइतबार) भएको खेलमा जिम्बाबे ‘ए’ ले नेपाललाई ६ विकेटले पराजित गरेको हो ।

काठमाडौँको त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८१ रन बनाएको थियो ।नेपालको लागि मोहम्मस अदिल अलामले ४७ रनमा अविजित रहे भने कुशल भुर्तेलले रन बनाए । त्यस्तै रोहित कुमार पौडेल ३६ रन बनाई आउट भए भने दिपेन्द्र सिंह ऐरीले २८ रन जोडे । जिम्बाबे ‘ए’ को लागि ब्राड इभान्स, लुक जोङ्गइ, ब्र्यनडन माभुटा र जोन मसराको भागमा समान १-१ विकेट रह्यो ।

१८२ रनको लक्ष्य लिएर मैदान उत्रेको जिम्बाबे ‘ए’ले १८५ ओभरमा ४ विकेट गुमाउदै पूरा गर्यो । उसको लागि टाडीवानाशी मारुमानी र टोनी मुनयोङ्गा ले अर्धशतकीय पारी खेल्दै क्रमशस् ५६ र ५० रन बनाए भने इनोसेन्ट कियाले ४७ रन जोडे । नेपालको लागि बसिर अहमदले २ विकेट लिए भने सन्दीप लामिछाने र करण केसीको भागमा समान १-१ विकेट रह्यो ।

घरेलु मैदानमा नेपालले जिम्बाबे ‘ए’ विरुद्ध एकदिवसिय र टी–ट्वान्टी सिरिज खेल्न लागेको हो । नेपालले जिम्बाबे ‘ए’ सँग तीन ५० ओभरको र तीन टी-२० खेल खेल्नेछ । पाहुना टोली जिम्बाबे ‘ए’ ले घरेलु टोली नेपाललाई हराउदै सिरिजमा विजयी सुरुवात गरेको छ भने नेपालले भने हारसहित सिरिजको सुरुवात गरेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार