कैलालीको धनगढीमा जेठ ५ गतेबाट क्लबस्तरीय क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ आयोजना हुने भएको छ । लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालि धनगढीको आयोजनामा जेठ ५ देखि १३ गतेसम्म प्रतियोगिता हुने आयोजकले धनगढीमा पत्रकार सम्मेलन गर्दै जानकारी आयोजना गरी जानकारी दिएको हो ।

प्रतियोगिता सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको खेल मैदानमा सञ्चालन हुने लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालि काअध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए । प्रतियोगितामा देशका विभिन्न ६ वटा क्लबहरू बुङगल क्रिकेट क्लब बझाङ, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी धनगढी कैलाली, महेन्द्रनगर क्रिकेट एकेडेमी महेन्द्रनगर कञ्चनपुर, लिटल फ्लावर क्रिकेट क्लब धनगढी कैलाली र कैलाली जिल्ला क्रिकेट क्लब धनगढी कैलालीको सहभागिता रहने छ ।

टी–ट्वान्टी फर्मेटमा सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख उपविजेताले १ लाख नगद तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदयमान खेलाडीले ७ हजार ५ सय नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार